नेप्लेज, १८ असार । युथ ओलम्पिक २०१९ को छनोट प्रक्रियाका रूपमा युथ ओलम्पिक कन्टिनेन्टल छनोट च्याम्पियनसिपमा सहभागिता जनाउन युवा एथ्लेटिक्स खेलाडी लुजला अमात्य थाइल्याण्ड प्रस्थान गरेकी छन् ।
सन् २०१९ को अक्टोबरमा हुने युथ ओलम्पिकमा एथ्लेटिक्सको १०० मिटर दौडमा सहभागी हुने क्रममा छनोट प्रतियोगिताका लागि उनी बैंकक गएकी हुन् । उनको साथमा प्रशिक्षक बिमना जोशी अमात्य पनि रहनेछिन् ।
नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले सोमबार ओलम्पिक भवनबाट बिदाई गरे ।
बिदाई तथा शुभकामना व्यक्त गर्दै सांसद श्रेष्ठले सफलताका लागि खेलमा ध्यान केन्द्रित गर्न सुझाव दिए ।