एमिल फोर्सवर्ग भर्सेस जर्दान साकिरी

0

एमिल फोर्सवर्ग, स्वीडेन

ज्लाटन इब्राहिमोबीचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि उनको उत्तराधिकारीको रुपमा हेर्न थालिएका क्षमतावान प्लेमेकर हुन् फोर्सवर्ग । आरबी लिपजिगका यी स्टारले अहिलेसम्म जारी विश्वकपमा स्वीडेनका लागि त्यति प्रभावशाली बन्न सकेका छैनन्, जति उनीबाट अपेक्षा गरिएको छ । तर, उनले आफ्नो गुमेको लय खोज्ने यो सबैभन्दा उत्तम अवसर हुनसक्छ ।

जर्दान साकिरी, स्वीट्जरल्याण्ड

समूह चरणमा सर्वियाबिरुद्ध अन्तिम समयमा विजयी गोल गरेपछि भावुक बनेर आलोचित भएका साकिरी रुसमा शानदार खेलिरहेका छन् । आफ्नो दिन चलेको बेलामा विष्फोटक गेम चेञ्जरको रुपमा रहने साकिरीबाट स्वीट्जरल्याण्डले आज त्यस्तै अपेक्षा गरेको छ ।

Post Add 1025X115
Loading...