धनेश्वर एशियाडको निर्णायकमा चयन

0

नेप्लेज, १५ असार । ईन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८औं एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन प्रतियोगिताका लागि धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन् ।

उनलाई एशियन ट्राईयाथलन महासंघले एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन प्रतियोगिताका लागि निर्णायकमा चयन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।

विभिन्न अन्तराष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका धनेश्वर लेभल २ कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन् ।

हाल नेपालमा ५ अन्तराष्ट्रिय निर्णायक सहित ३२ राष्ट्रिय निर्णायक रहेका छन् । छोटो समयमानै अन्तराष्ट्रिय खेलक्षेत्रमा आफ्नो पहिचान राख्न सफल ट्राईयाथलनबाट एशियाली खेलको लागि निर्णायक चयन भएको प्रजापती पहिलो निर्णायक हुन् ।

छोटो समयमानै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल भईसकेको ट्राईयाथलन खेलले भारतको गुहाटीमा भएको दक्षिण एशियाली खेलमा पहिलो सहभागितामानै एक रजत र एक कास्य पदक प्राप्त गर्न सफल भईसकेको छ ।
एशियन गेम भदौ २ देखि १७ गते सम्म आयोजना हुदैंछ ।

Post Add 1025X115
Loading...