राष्ट्रिय पारा एथलेटिक्स आज

0

नेप्लेज, ९ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा पारा एथलेटिक्स संघको संयोजनमा प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा एथलेटिक्स प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा, दृष्टिविहीन र सुस्त मनस्थितितर्फ जम्मा ४२ स्पर्धामा ७ प्रदेशका २ सय खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । एकदिने प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।

Post Add 1025X115
Loading...