मीरा राईको सम्मानमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’

0

भोजपुर, २४ जेठ । विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन भने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी, तिम्मा सरोकार मञ्च काठमाडौँ र दाँवाली मिलन क्लबले गरेको छ ।

त्यस्तै, प्राविधिक सहयोग नेपाल माउण्टेन स्काइ रनिङ एशोसिएशनले गरेको छ । राईको सम्मानार्थ भोजपुरको टुँडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी गरिएको हो ।

प्रतियोगितामा विभिन्न जिल्लाका १७ महिला र ६४ पुरुष गरी ८१ जनाको सहभागिता रहने छ ।  रेसमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमश ५० हजार, २५ हजार, १५ हजार, दश हजार र पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, सामूहिकरुपमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १० हजार, आठ हजार, पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् । रासस

Post Add 1025X115
Loading...