३ नम्बर प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

0

नेप्लेज, २० जेठ । ललितपुरका अजितकुमार यादव र सिन्धुपाल्चोककी सपना बस्नेतले प्रदेश ३ स्तरीय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ आइतबार स्वर्ण जितेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भइरहेको प्रतियोगिताको १ हजार ५ सय मिटर दौडको ब्वाइजमा अजित र गल्र्समा सपना पहिलो भएका हुन् ।

एक सय मिटर दौडको ब्वाइजमा ललितपुरका आशिष खत्री र गल्र्समा ललितपुरकै लुजला अमात्यले स्वर्ण जिते । ४ सय मिटर दौडको ब्वाइजमा ललितपुरका भैरव परियार र गल्र्समा काठमाडौंकी सुनीता श्रेष्ठले पहिलो स्थान हात पारे ।
लङजम्पको ब्वाइजमा चितवनका भुवन महतो र गल्र्समा नुवाकोटकी रन्जिता राई पहिलो बने । हाइजम्पको ब्वाइजमा चितवनका पीताम्बर महतो र गल्र्समा काठमाडौंकी मेलिना श्रेष्ठ तथा ज्याभ्लिन थ्रोको ब्वाइजमा नुवाकोटका सनम राई र गल्र्समा चितवनकी मनिका महतोले स्वर्ण जिते ।

करातेमा काभ्रे टिम च्याम्यिन

प्रतियोगिताअन्तर्गत करातेमा ३ स्वर्ण र १ रजतसाथ काभ्रे टिम च्याम्पियन बन्यो । २ स्वर्ण, २ रजत र ४ कांस्यसाथ काठमाडौं दोश्रो तथा २ स्वर्ण, १ रजत र १ कांस्यसाथ ललितपुर तेश्रो भए ।

उसु र तेक्वान्दोमा काठमाडौं अगाडि

उसु र तेक्वान्दोमा काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो । काठमाडौंले उसुमा ४ स्वर्ण र १ रजत तथा तेक्वान्दोमा ५ स्वर्ण जित्यो । उसुमा नुवाकोट दोश्रो र मकवानपुर तेश्रो तथा तेक्वान्दोमा ललितपुर दोश्रो र नुवाकोट तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको कानून, न्याय तथा संसदीय ममिला मन्त्री शेरबहादुर तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । सोमबार सम्पन्न हुने विभिन्न ६ खेल समावेश प्रतियोगितामा १३ जिल्लाबाट ९ सय ३५ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक देवकुमार अधिकारी (बद्री) ले जनाएका छन् ।

Post Add 1025X115
Loading...