चेन्नेई आइपिएलको प्लेअफमा पुग्ने दोस्रो टिम

0

नेप्लेज,३० बैशाख । इन्डियन प्रिमियर लिगमा सनराईजर्स हैदरावादले तेस्रो हार ब्यहोरेको छ । आइतबार भएको खेलमा हैदरावाद चेन्नेई सुपरकिङ्ससँग ८ विकेटले पराजित भयो ।

पुणेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो ।

उसका लागि ओपनर शिखर धवनले ७९ तथा कप्तान केन विलियम्सनले ५१ रन बनाए । यस्तै दिपक हुडाले २१ रनको योगदान गरे ।

जवाफमा चेन्नेईले १९ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा अम्बाती राईडुले अविजीत एक सय रन प्रहार गरे ।

यस्तै शेन वाट्सनले ५७ र कप्तान महेन्द्रसिंह धोनीले २० रन बनाए । जितपछि शिर्ष स्थानमा रहेको हैदरावादसँगको दुरी दुई अंकमा झारेको छ । चेन्नेइले प्लेअफमा स्थान बनाएको छ ।

Post Add 1025X115
You might also like
Loading...
P