क्रिकेटकालागि नेपाल साझा मञ्च हुन सक्छः वली

0 3

नेप्लेज,३० वैशाख ।  राष्ट्रिय सभा सदस्य कोमल वलीले क्रिकेट खेलको विकासमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय सभामा जारी ‘प्रि बजेट’ छलफलमा सहभागि हुँदै सदस्य वलीले खेल पर्यटनका माध्यमबाट नेपालले ठूलो उपलव्धी हासिल गर्न सक्ने भन्दै यता तर्फ ध्यान दिन आग्रह गरिन् ।

खेलमापनि क्रिकेटको नामनै उच्चारण गर्दै वलीले भनिन् ‘क्रिकेट यस्तो खेल हो, दक्षिण एशियाली ८ वटा देश मध्य ६ वटा देशमा निकै लोकप्रिय छ। लोकप्रिय भएपनि सबै ठाउँमा खेल्न सक्ने अवस्था छैन । त्यसैले नेपाल अन्र्तराष्ट्रिय स्तरको खेल खेलाउने साझा ठाउँ हुन सक्छ । यस तर्फ ध्यान दिन पनि विशेष आग्रह गर्न चाहन्छु ।’  सदस्य वलीले भनिन् ।

You might also like
Loading...