टी–२० राष्ट्रिय क्रिकेटमा मेची क्रिकेट ३ विकेटले विजयी

0 2

नेप्लेज,३० बैशाख । इटहरी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मेची क्रिकेट एकेडेमी झापा विजयी भएको छ । पहिलो खेलमा नै जित निकाल्ने क्रममा झापाले इनरुवा–११ क्रिकेट टिमलाई तीन विकेटले हरायो ।

इटहरीका डिभिएम ग्लोबल स्कुलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इनरुवाले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रन बनायो ।

उसका लागि विबेक मेहताले ६३ तथा अब्जल हुसेनले २८ रन बनाए । बलिङ तर्फ झापाका राज थापा र मनोज तामाङले एक एक विकेट लिए ।

जवाफमा मेची क्रिकेट एकेडेमी झापाले १८ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । झापाको जितमा कप्तान अंकित सुवेधीले कप्तानी पारी खेल्दै सतक बनाए ।

५५ बलमा अंकितले विस्फोटक एक सय एक रन बनाए । प्रतियोगितामा अंकित सतक बनाउने पहिलो खेलाडी बने । यस्तै सन्नी पुनले २२ रन बनाए ।

इनरुवाका लागि संसद अन्सारीले एक विकेट लिए । प्रतियोगितामा भोली त्रिभुवन आर्मीको बी र सेभेन स्टार क्लव इटहरी विच प्रतिस्पर्धा हुनेछ ।

You might also like
Loading...