अार्इपीएल डेब्युमा सन्दिप लामिछानेकाे प्रभावशाली बलिङ

0

नेप्लेज, २९ बैशाख । नेपाली युवा बलर सन्दिप लामिछानेको आईपीएल डेब्यु खेलमा दिल्ली डेरडेभसल्स पराजित भएको छ ।

रोयल च्यालेञ्जर्स बैंग्लोरविरुद्ध पहिला ब्याटिङ गर्दै १८१ रनको योगफल रक्षा गर्ने क्रममा सन्दिपले किफायती अाेपनिङ गरेका थिए । तर दिल्ली ५ विकेटले पराजित भयो ।

सन्दिपले चार ओभर बलिङ गर्दै ६.२५ को औशतमा २५ रन खर्चिएर १ विकेट पनि लिए । यो खेलमा सन्दिप सबैभन्दा किफायती बलर समेत बने । सन्दिपले आफ्नो दोस्रो ओभरमा पार्थिव पटेललाई एलबीडब्ल्युको धरापमा पारे ।

पहिलो ओभरमा सन्दिपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए ।

टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दिपले चौथो बलमा पार्थिव पटेललाई एलबीडब्ल्युको धरापमा पारे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिए ।

बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए भने हर्सल पटेल र अमित मिश्राले पनि १–१ विकेट लिए ।

१८२ रनको बैंग्लोरले १९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । बैंग्लोरका लागि कप्तान विराट कोहली र एबी डि भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । डि भिलियर्सले ३७ बलमा ६ छक्का र चार चौका प्रहार गर्दै ७२ रन बनाए भने कोहलीले ४० बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । १६ रन हुँदा दुई विकेट गुमाएको दिल्लीका लागि रिसव पन्त र कप्तान श्रेयस ऐयरले ९७ रनको बलियो साझेदारी गरे । पन्तले ३४ बलमा ६१ रन बनाए भने ऐयरले ब्यक्तिगत ३२ रन जोडे ।

दिल्लीबाट आईपीएल डेब्यु गरेका अर्का खेलाडी अविषेक शर्माले १९ बलमा ४६ रनको उत्कृष्ट इनिङ खेले ।

बलिङ तर्फ युज्वेन्दर चाहलले २ विकेट लिए । जितसँगै बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । उसको ११ खेलबाट ८ अंक जोडेको छ । दिल्लीको प्लेअफ पुग्ने सम्भावना सकिसकेको छ ।

Post Add 1025X115
You might also like
Loading...
P