फ्रेण्ड्स क्लब कोपुण्डोल ४६औं बर्षमा

0

नेप्लेज,३ जेठ । फ्रेण्ड्स क्लब ४६ औँ बर्षमा प्रवेश गरेको छ । ४६ औँ बार्षिकोत्सबका अबसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौड्यालले सामाजिक कार्य गर्दा पनि विभिन्न किसिमका प्रशासनीक झै झमेलाको सामना गर्नु परेको गुनासो गरेका छन् ।

यसैगरी ललितपुरकी सांसद तथा माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले ललितपुरको मुख्यद्वारमा रहेको फ्रेण्ड्स क्लब ललितपुरको नै गौरव भै सकेकोले यसको संरक्षण र संम्बर्धन गर्न आफू सधैँ तयार रहेको बताइन ।

यसैगरी एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफु लामो समय देखि नेपालको फुटबलको विकाशमा लाग्दै आएकाले आगामी दिनमा नेपालमा फुटबल खेलले राम्रो गति लिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सरदार पृतम सिंहलाई क्लबको मानार्थ सदस्यताको कार्ड क्लबका मुख्य संरक्षक नरसिंह व्यजनकारले प्रदान गरेका थिए ।

Post Add 1025X115

Loading...