एपी वनले प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने

0 13

नेप्लेज, २ जेठ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वन टिभीले गर्ने भएको छ । किर्तीपुरमा हुने प्रतियोगिताका खेलहरु एपी वनले प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भएको हो ।

एपी वन टिभीका निर्देशक लक्ष्मण प्रसाद पौडेल र नेपालय इन्टरनेश्नलका प्रवन्ध निर्देशक सुवास प्रधान विच प्रत्यक्ष प्रशारणका विषयमा आज औपचारीक सम्झौता भएको हो ।

जेठ १३ देखि २९ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागिए टिमको सहभागिता रहनेछ । सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर खेलाइनेछ ।

प्रतियोगिताका केहि खेलहरु मुलपानी मैदानमा पनि खेलाइनेछन । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैया पाउनेछन । यस्तै उत्कृष्ट हुने खेलाडीले एक लाख रुपैया हात पार्नेछ ।

You might also like
Loading...