झापालाई हराउँदै थ्रीस्टार उदयपुर गोल्डकपको फाइनलमा

0 21

नेप्लेज, २ जेठ । झापा ११ लाई हराउदै थ्रीस्टार क्लव उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटमा भएको सेमिफाइनलमा थ्रीस्टारले झापालाई एक शुन्यले हरायो ।

माईभ्याली गोल्डकपको विजेता थ्रीस्टारको जितमा विदेशी खेलाडी मार्टिन्सको एकमात्र गोल निणर्ायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५५ औं मिनेटमा थ्रीस्टारले अग्रता बनायो ।

उसका लागि मार्टिन्सले हेड मार्फत गोल गरे । त्यसपछि झापा खेलमा र्फकन सकेन र सेमिफाइनलबाट बाहिरीयो ।

उपाधिका लागि थ्रीस्टारले मनाङ र सुनसरी ११ विचको विजेतासाग खेल्नेछ ।

You might also like
Loading...