इटहरी टि-२० राष्ट्रिय क्रिकेटको उपाधिमा आर्मी र पुलिसविच भिडन्त

0

नेप्लेज, २ जेठ । सुनसरीमा जारी इटहरी टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्ने भएका छन ।

बुधबार भएको सेमिफाइनलमा आर्मीले घरेलु टिम सेभेन स्टार इटहरीलाई एक सय ३२ रनले हरायो भने पुलिसले मेची क्रिकेट एकेडेमी झापालाई ६१ रनले पराजित गर्यो ।

इटहरीमा भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनायो ।

उसका लागि इन्द्रकमल मानन्धर ५९, महेश क्षेत्री २५, जितेन्द्र मुखिया २८ रनको योगदान गरे । बलिङ तर्फ इटहरीका अमित भगत ३ तथा विकल्प आचार्य २ विकेट लिए ।

जवाफमा इटहरी १६ ओभरमा मात्र ४० रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । उसलाई कम स्कोरमा समेट्न जितेन्द्र मुखिया ३, साहव आलम र हरिशंकर शाह दुई दुई विकेट लिए ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट एक सय ४९ रन बनायो ।

उसका लागि योगन्द्र कार्की ३९, अविनाश कर्ण २८, प्रेम तामाङ ११ रनको योगदान गरे । बलिङ झापाका सन्दिप ढुंगाना ४ तथा राज थापा २ विकेट लिए ।

जवाफमा झापा १८ ओभर ४ बलमा ८८ रनमा अलआउट भयो । उसका राज थापा ३१, सन्दिप ढुंगाना १७ बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

बलिङ तर्फ पुलिसका मञ्जित श्रेष्ठ, ललित राजवंशी योगन्द्र कार्की दुई दुई विकेट लिए । फाइनल खेल भोली हुनेछ ।

Post Add 1025X115
You might also like
Loading...
P