सन्दिपको छलाङ, वेष्ट इन्डिजविरुद्ध लर्डसमा खेल्ने

0

नेप्लेज, २ जेठ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने लर्डसमा हुने वेष्ट इन्डिज विरुद्धको विश्व-११ टिममा परेका छन् ।

इन्डियन प्रिमियर लिग आइपीएलका लागि हाल भारतमा रहेका सन्दिपलाई आइसीसीले विश्व-११ टिममा समावेश गरेको हो ।

३१ मेमा लर्डसमा हुने खेलका लागि सन्दिपलाई टिममा राखिएको हो । १७ बर्षे सन्दिप इयोन मोर्गनको कप्तानीमा हुने टिमबाट खेल्नेछन् । यो टिममा मोर्गन र सन्दिप सहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मलिक, हार्दिक पण्ड्या , थिसारा परेरा र लुक रोन्ची रहेका छन् ।

बंगलादेशी अलराउण्डर सकिव अल हसनले व्यक्तिगत कारण देखाउँदै टिमबाट बाहिरिएपछि उनको स्थानमा सन्दिपलार्इ अवसर दिइएको हो ।

सन् २०१४ मा पूर्व प्रशिक्षक पुबुदु दशानायकेले सन्दिपको करियरलाई नयाँ मोड दिएका थिए । २०१६ मा भएको अन्डर नाइन्टिन विश्वकपमा कुल १६ विकेट लिँदै तहल्का मच्चाएका सन्दिपले लर्डसमा नै भएको एमसीसी विरुद्धको खेलमा नेपालबाट खेलेका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका सन्दिपलाई आइपीएल टिम दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

जसमा सन्दिपले विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोर विरुद्ध आइपीएलमा डेब्यू गरेका थिए । जसमा उनले चार ओभरमा २५ रन खर्चँदै एक विकेट लिएका थिए । उनको बलिङलार्इ पूरै टिमका साथै विश्व प्रख्यात खेलाडीले पनि प्रशंसा गरेका थिए ।

Post Add 1025X115
You might also like
Loading...
P