युरोपा लिगको उपाधिका लागि मार्से र एथ्लेटिको भिड्दै

0

नेप्लेज, २ जेठ । युरोपको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको उपाधीका लागि आज मार्शे र एथ्लेटिको मडि्रड बीच प्रतिस्पर्धा हुदैछ ।

फ्रान्सको स्टेड डि लियोनमा हुने खेल नेपाली समय अनुसार राती साढे १२ बजे बाट सुरु हुनेछ । स्पेनिस क्लब एथ्लेटिकोे र फ्रेन्च साइड मार्शे बीचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

च्याम्पियन्स लिगको समुह चरण बाटै बाहिरिएको डिएगो सिमोन्सको टोली एथ्लेटिकोले फाइनल यात्रा तय गर्ने क्रममा आर्सनललाइ पन्छाएको थियो ।

सिमोन्सले यी दुइ बीचको खेल निकै सुन्दर हुने प्रतिकृया दिएका छन । सिमोन्स भने आसर्नल विरुद्धको सेमीफाइनलको दोस्रो लेगमा गरेको ब्यबहारका कारण टच लाइन प्रतिबन्धमा परेका छन त्यसैले आजको खेलमा उनी टच लाइनमा हुने छैनन् । कप्तान गाबीले , आर्सनल संगको खेलका क्रममा देखिएको टिमको इफोर्टलाइ नै फाइनलमा पनि दोहोर्‍याउने बताए ।

अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको अट्लेकोले यसअघि २०१० र २०१२ मा गरी दुइ पटक युरोपा लिगको उपाधी जितेको थियो । यो खेल क्लवका स्टार खेलाडी फर्नान्डो टारेसका लागि करियरको पहिलो ठुलो उपाधी जित्ने अवसर पनि हो । एन्टोइन गि्रजमानले एथ्लेटिकोेको जीतमा महत्वपुर्ण भुमिका खेल्न सक्छन ।

यता मार्शे भने २००५ यता पहिलो पटक युरोपियन फाइनल खेल्दैछ । टिमका कप्तान दिमित्री पयेटले उपाधी ज्तिदै इतिहासमा आफ्नो नाम लेखाउन चाहेको बताएका छन । मार्शेले १९९३ मा च्याम्पियन्स लिगको उपाधी जितेको थियो । २५ वर्षपछि अर्को ठुलो उपाधी जित्ने लक्ष्यमा मार्शे रहेको छ ।

यदि उपाधी जित्ने हो भने फ्रेन्च टिम मेट ग्रिजमानलाई रोक्नुपर्ने पयेटको भनाइ छ । मार्शेका लागि उपाधी जिते अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पनि पक्का हुनेछ ।

Post Add 1025X115
You might also like
Loading...
P