क्ले कोर्टमा नाडालको लगातार ४० ‍औ जितको किर्तीमान

0

शिर्ष बरियताका राफेल नाडाल स्पेनमा जारी बार्सिलोना ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

क्ले कोर्टमा अपराजित खेलसख्या ४० पुर्याएका नाडालको यो नयाँ किर्तीमानी हो ।

बार्सिलोनामा भएको साविक विजेता समेत रहेका नाडालले आफ्नै देशका गुइर्लेमो गार्सिया लोपेजलाई दुई शुन्यको सोझो सेटमा हराए ।

१० पटकका च्याम्पियन नाडालले लोपेजलाई पहिलो सेटमा ६–१ ले हराउँदा दोस्रो सेटमा ६–३ ले आफ्नो पक्षमा पारे ।

क्वाटरफाइनलमा नाडालले स्लोभाकियाका मार्टिन लिजानसँग खेल्नेछन ।

Post Add 1025X115
Loading...