रफायल नाडाल मोन्टे कार्लो मास्टर्सको सेमिफाइनलमा

0

नेप्लेज, ८ बैशाख । स्पेनिस सुपरस्टरस्टार रफायल नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा पुगेका छन् । कीर्तिमानी १४औं पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेका उनी उपाधि जितेर विश्व बरियातामा फेडेररलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने अभियानमा छन् ।

शुक्रबार राति भएको क्वार्टरफाइनलमा उनले अष्ट्रियन खेलाडी डोमिनिक थिमलाई २–० को सेटमा पराजित गरे । क्ले कोर्टका बादशाह मानिने नाडालले जारी सिजन क्ले कोर्टमा ११औं जित निकाल्ने क्रममा ६–० र ६–२ को जित निकाले । जसका लागि उनले मात्र ६७ मिनेट कोर्टमा खर्चिए ।

३१ वर्षीय नाडालले सेमिफाइनलमा बुल्गेरियाका ग्गिर दिमित्रोभसँग खेल्नेछन् ।

दिमित्रोभ पनि बेल्जियमका डेभिड गोफिनलाई पराजित गरी सेमिफाइनलमा पुगेका हुन् । उनले पहिलो सेट ६–४ ले जिते भने दोस्रो सेटमा १–५ ले पछि रहेको स्थितिलाई उल्टाउँदै टाइब्रेकरमा ७–६ को जित हासिल गरे ।

तेस्रो क्वार्टरफाइनलमा क्रोएशियाली खेलाडी मारिन किलिक जापानी खेलाडी केइ निशिकोरीसँग पराजित हुँदा अन्तिम क्वार्टरफाइनलमा जर्मनीका अलेक्जान्दर भेरेभले रिचार्ड ग्यास्क्वेटलाई हराए ।

Post Add 1025X115
Loading...