दक्षिण एशियाली ह्याण्डबलमा रजत जितेको ह्याण्डबल टिमको भब्य स्वागत

0

चैत्र २१ । दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको नेपाली महिला ह्यान्डबल टोली स्वदेश फर्किएको छ ।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामा नै फाइनलमा पुगेर रजत जितेको नेपाली महिला टिमको नेपालगञ्जमा भब्य स्वागत गरिएको छ ।

मंगलबार भएको फाइनलमा भारतसँग २४–५ ले पराजित हुँदै नेपालले रजत पदक हात पारेको हो ।

प्रतियोगितामा नेपाल, भारतसहित बंगलादेश, भुटान र अफगानिस्तानको सहभागिता रहेको थियो ।

राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तानलाई २३–४ र भुटानलाई २८–४ गोलले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।

Post Add 1025X115
Loading...