मुख्यमन्त्री डोरमणि पौडेलले भने- खेलकुद प्रतिष्ठान चाँडै बन्छ

0

२१ चैत हेटौडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन ।

उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने दोहोर्याए ।

केहिदिन अगाडी पनि उनी गौरीटारमा रहेको सेन्ट्रल एकेडेमीको निरीक्षण गर्दा यहि कुरा गरेका थिए ।

उनले प्रदेश नं ३ को १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका साथ सरकारले निर्माण शुरु गर्न लागेको बताए।

जिल्ला खेलकूद विकास समिति सचिव खुसराज दाहालले रङ्गशालामा हालसम्म भइरहेको निर्माण कार्यको प्रगति र राष्ट्रिय खेलकूद परिषद्बाट प्राप्त अनुदान रकमले मात्र निर्माण कार्य अपुरो हुने भएकाले प्रदेश सरकारले थप अनुदान रकम उपलब्ध गराइदिन माग गरे।

Post Add 1025X115
Loading...