कमनवेल्थ गेम्स आजबाट अष्ट्रेलियामा सुरु

0

कमनवेल्थ खेलकुदको २१ औं संस्करण आज अष्ट्रेलियामा सुरु हुँदैछ ।

अष्ट्रेलियाको करारा स्टेडियममा विशेष कार्यक्रमका बीच कमनवेल्थ खेलकुदको औपचारिक उद्घाटन हुँदैछ ।

गोल्डकोस्ट सिटीमा आयोजना हुने कमनवेल्थ खेलकुदमा ७१ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । जसमा ४ हजार ५ सय खेलाडीहरुले ८५२ पदकको लागि खेल्ने छन् ।

१२ दिन चल्ने यो पटकको कमनवेल्थ खेलकुदमा २७५ स्वर्ण पदकको लागि खेल हुनेछ ।

कमनवेल्थ खेलकुदको यो संस्करणमा १९ खेल समावेश गरिएको छ ।

यो पटक एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, लन ब्वोल्स, बक्सिङ, साइक्लिङ, डाइभिङ, जिम्न्यास्टिक, नेटबल, शुटिङ र स्क्वास खेल समावेश गरिएको छ ।

त्यस्तै हक्की, रग्बी, स्वीमिङ्ग,टेबलटेनिस,ट्राइथोलन,भलिबल, भारोत्तोलन र कुस्ती खेल पनि राखिएको छ ।

Post Add 1025X115
Loading...