जुनियर ग्राण्ड प्रिक्सका लागि नेपाली खेलाडी इण्डोनेसिया प्रस्थान

0

चैत १८, काठमाडौं । इण्डोनेसियामा अप्रिल २ देखि ८ सम्म हुने पम्बइगुन जय राणा जुनियर ग्रेड प्रिक्स २०१८ दक्षिण ट्रेगेरङमा सहभागी हुन नेपाली खेलाडी रुकेश महर्जन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

म्यानेजर बिनोद बस्नेतसहितको नेपाली टोलीलाई आइतबार संघीय संसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरे ।

प्रतियोगितामा २० देखि २५ राष्ट्र सहभागी हुँदै छन् । उनीहरुलाई बिदाइ गर्दै अध्यक्ष जीवनराम श्रेष्ठले उक्त खेलले खेलाडीको स्तर सुधार्न सहयोग पुग्ने जितका लागि शुभकामनासमेत दिए ।

बिदाइ कार्यक्रममा श्रेष्ठले भने, ‘अहिलेसम्मको हाम्रो सहभागीता सहभागितामै सीमित थियो, अब त्यस्तो हुनुहुँदैन, जितेर आउनुपर्छ, मेरो शुभकामना छ ।’

उनले नेपालमा सबै भन्दा पुरानो खेल ब्याडमिन्टनका खेलाडीहरु ओलम्पिक खेल्नसमेत सक्षम रहेकाले त्यसका लागि स्तर अभिबृद्धि गर्न यस खेलले सहयोग गर्ने बताए ।

बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष रामजी श्रेष्ठ मुख्य प्रशिक्षक सुदिप येन्जन लगायतको उपस्थिति थियो ।

Post Add 1025X115
Loading...