पोखरामा दोश्रो राष्ट्रिय स्केट बोर्ड आज

0

नेप्लेज, १७ चैत । स्केट बोडिङ्ग खेलको विशेष प्रवर्धन गर्ने उद्देश्यले आज पोखरामा “दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनशिप–२०७४” हुँदैछ ।

प्रतियोगितामा सहभागिता जनाउन २० जिल्लाका करिब १ सय जना खेलाडी पोखरा पुगिसकेका छन् ।
पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड पार्क विश्वकै दोश्रो नमुना पार्क रहेको उल्लेख गर्दै नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनालले नेपाली खेलाडीको उत्पादन र प्रवद्र्धन गर्न संघले आफ्ना कार्यक्रमहरुलाई अझै शसक्त ढङ बाट अगाडी बढाउने समेत बताएका छन् ।

उन आजको प्रतियोगिताबाट अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै उनीहरुलाई आगामी दिनमा अन्र्तराष्ट्रिय सहभागिता समेत गराइने लक्ष्य लिइएको बताए ।
संघका उपाध्यक्ष चुडामणी खनालले प्रतियोगितामा पुरुष तर्फ १४ वर्ष भन्दा माथी, १४ वर्ष मुनी तथा महिला गरि तिन क्याटोगरी हुने जानकारी दिए ।
संघका सचिब रामचन्द्र कोइरालाले प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख खर्च लाग्ने जानकारी दिए । सचिब कोइरालाका अनुसार हरेका क्याटोगरिमा बिजेता प्रथम, द्वितियले नगद क्रमश ५ हजार, २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केटबोर्ड पाउने छन । तृतिय हुनेलाई स्केटबोर्ड प्रदान गरिने छ ।

Post Add 1025X115
Loading...