‘मिस्टर फिटनेश फर्स्ट’ अर्को साता 

0

चैत १६, काठमाडौं । काठमाडौंको फिटनेश फर्स्ट क्लवले शारीरिक शुगठन प्रतियोगिता गर्ने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी क्लवले आगामी चैत २४ गते चौथो मिस्टर फिटनेस फर्स्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको छ ।

प्रतियोगितामा फिटनेश फर्स्टका तीन शाखाका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगिता ३ तौलसमूहमा खेलाइनेछ । ६० केजीमूनि, ६० देखि ७० केजीमूनि र ७० केजीभन्दा माथि तौलसमूहमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

मिस्टर फिट्नेश फर्स्ट विजेताले ३५ हजार पुरस्कार पाउनेछन् भने उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । बेस्ट पोजरले ५ हजार पुरस्कार पाउनेछन् ।

मेन्स फिजिक प्रतिस्पर्धामा १६५ सेन्टिमिटर मूनि र १६५ सेन्टिमिटर माथि गरी दुई स्पर्धा हुनेछ । प्रत्योक उचाई समूहको विजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Post Add 1025X115
Loading...