हाई अल्टिच्युड ट्राई–एड्भेन्चरमा आर्मीको बर्चश्व

0

चैत १५, मुस्ताङ । नेपाली सेनाले आयोजनामा भएको प्रथम सिओएएस हाई–अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगितामा आयोजक टोलीले बर्चश्व कायम गरेको छ ।

रक क्लाइम्बिङ, रनिङ र साइक्लिङ बिधा समावेश गरिएको हाइ अल्टिच्युड ट्राइ एडभेन्चर जम्मा २०.२ किलोमिटरको थियो । निर्धारित दूरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लवको बी टिमले उपाधि उचालेको छ । बी टिमका दीपकसिंह भण्डारी र प्रताप थापाले आमी ए टिमका मानबहादुर थापा र बसन्त थापालाई पछि पारे । उनीहरुले निर्धारित दूरी १ घण्टा २० मिनेट ५० सेकेण्डमा पूरा गरे ।

रक क्लाइम्बिङ र रनिङमा पछि परे पनि आर्मी बी टिमका भण्डारी र थापाले साइक्लिङमा उत्कृष्ट नतिजा ल्याउँदै उपाधि जित्न सके ।

एपीएफका लक्ष्मण मल्ल र किरण मल्ल सम्मिलित टोलीले निर्धारित दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पारे ।

नेपालमा पहिलो पटक आयोजना भएको ट्राई एड्भेन्चरमा सय मिटरको रक क्लाइम्बिङ, ४.७५ किलोमिटरको रनिङ र १३.३५ किलोमिटरको साइकलिङ समावेश थियो ।

प्रतियोगितामा आर्मीको ३, एपीएफको २ तथा अन्य १० गरी कूल १५ टिमले प्रतिस्पर्धा गरेका थिए । यस्तै हिमालयन गर्ल्सको नामको एक मात्र महिला टिमले पनि प्रतिस्पर्धा गरेको थियो ।

उपाधि बिजेता आर्मी बीले ५० हजार, उपविजेता आर्मी ए ले ३० हजार र तेस्रो एपीएफको टोलीले २० हजार नगद पुरस्कार पाए ।

तस्वीरः एनएसजेएफ

Post Add 1025X115
Loading...