क्लब लिग बास्केटबलमा आर्मी अपराजित

0

फागुन १२, काठमाडौं । अन्तर क्लब डबल लिग बास्केटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र हिमालयन हण्डस् विजयी भएका छन् ।

भद्रकाली स्थित आर्मी क्लबमा भएको होम म्याचमा आर्मीले बुढानिलकण्ठ नगरपालिकालाई ८९–७६ ले हरायो । खेलभरी नै बुढानिलकण्डलाई दबाबमा राखेको आर्मीले पहिलो र दोस्रो क्वार्टरमा २४–२१ र २१–१३ को अग्रता लिँदै हाफ टाइम सम्म २० अंकको अग्रता लिएको थियो ।

तेस्रो क्वार्टरमा बुढानिलकण्ठले २३–२८ को अग्रता लिँदै खेलमा फर्किने प्रयास गरेपछि अन्तिम क्वार्टरमा आर्मीले २१–१४ ले अग्रता लिएपछि पराजित हुन पुग्यो ।

त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो जित हो । आर्मी ४ खेलबाट १२ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार नै भएको अर्को खेलमा हिमालयन हण्डसले गोल्डेनगेट इन्टरनेश्नल क्लबलाई ७८–७३ को स्कोरमा हरायो । प्रतिष्पर्धात्म खेलको पहिलो क्वार्टरमा हिमालयन हण्डस १९–१५ ले अघि रहेको थियो भने दोस्रो क्वार्टरमा गोल्डेनगेटले १२–२३ को अग्रता लियो । पछिल्लो दुई क्वार्टरमा हिमालयन २४–२१ र २३–१४ ले अघि रहँदै हिमालयन विजयी भयो ।

हिमालयन हण्डसलाई जित दिलाउनका लागि सौरभ श्रेष्ठ एक्लैले ३४ स्कोरको योगदान दिए ।

हिमालयन हण्डस ४ खेलाबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लएको छ ।

Post Add 1025X115
Loading...