अन्तरविद्यालय करातेमा एलएकी श्रीयालाई स्वर्ण

0

फागुन १०, काठमाडाैं । आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गर्ल्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् ।

गर्ल्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा नारायन्जनकी सन्जु देशारले एलएकी सीमा खड्कालाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे ।

ब्वाइज २० केजीमा आईजे पायोनियरका सम्राट न्यौपानेले एलएका ओम खत्री, २५ केजीमा बाल अंकुरका सुमित पाख्रिनले लुभूका सीताराम थापा, ३० केजीमा एम्सका निशान तामाङले बेसिकका रजिन्द्र राई, ३५ केजीमा नारायन्जनका मनीष कार्कीले आईजे पायोनियरका अनिल सुन्दासलाई उपाधि भिडन्तमा पाखा लगाउदै स्वर्ण जिते ।

प्रतियोगिताको प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा फेब्रुअरी १६ र १७ तारिखमा जर्मनीको बर्लिनमा भएको बर्लिन ओपन इन्टरनेसनल कराते प्रतियोगिताका स्वर्ण विजेता मल्लिका थापा, अनु अधिकारी र मुकुन्द्र महर्जन तथा कांस्य विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कुमुते र कातामा डब्लुकेएफ जज ‘बी’ मा उत्तीर्ण हुन सफल प्रकाशमोहन धौभडेल पनि सम्मानित भए ।

दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट जम्मा २ सय खेलाडीले विभिन्न २५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको एलएका कराते प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् ।

 

Post Add 1025X115
Loading...