इनोभेटिभ बास्केटबलमा आयोजक, भ्याली पब्लिक र बुद्ध एकेडेमी विजयी

0

माघ २७, काठमाडौं । सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आयोजक इनोभेटिभ, भ्याली पब्लिक र बुद्ध एकेडेमीले शनिबार जित हासिल गरेका छन् ।

इनोभेटिभले सौर्यमाथि ५५–८ को सहज जित दर्ता गरायाे । इनोभेटिभका लागि आयुश लामाले १० स्कोर गरे ।

सुन्दर तामाङको १९ अंक सहयोगमा भ्याली पब्लिकले ग्यालेक्सी पब्लिक स्कुललाई ४४–३१ ले निराश बनायो । बुद्ध एकेडेमीले रेडियन्टलाई ४९–४२ ले पन्छायो । जितमा प्रमोद ढुंगेलले २० अंक योगदान गरे ।

सिनियर गल्र्समा श्रीदिवाले ग्यालेक्सीलाई १६–१० तथा भ्याली पब्लिकले इनोभेटिभलाई ३१–१६ ले पन्छाए । श्रीदिवाकी छेवाङ शेर्पाले ९ तथा भ्याली पब्लिककी प्रजिता कार्कीले १२ स्कोर गरे ।

त्यस्तै पुष्पसदन र रेडिअन्टले जुनियर ब्वाइजतर्फ आ–आफ्नो खेलमा शनिबार जित हात गरेका छन् ।

पुष्पसदनले लालीगुराँसलाई ३४–२८ ले पराजित ग¥यो । पुष्पसदनका रोजिन महर्जनले २६ अंक जोडे । रेडिअन्टले न्यु समिटलाई २३–१० ले हरायो । रेडिअन्टका प्रस्तुत पौडेलले ६ अंक जोडे ।

Post Add 1025X115
Loading...