प्रेमका लागि देशै छाडेका खेलाडी जो विश्व नम्वर १ बने

0

माघ १९ । विश्व खेलकुदमा स्टार खेलाडीको ब्यक्तिगर र पारिवारीक जीवनका बारेमा जान्ने चाहना कसको हुदैन र । त्यसमा पनि कुनैपनि खेलाडीले आफ्नी प्रेमीका वा स्वास्नीका लागि केहि त्याग गरेमा ती खेलाडीको चर्चा छुटै हुन गर्छ ।

फुटबलमा खेलाडीकी प्रेमिकाका बारेमा जति गसिप बाहिर आउछन क्रिकेटमा खासै चर्चा हुदैन । तर पनि विश्व क्रिकेटमा यस्ता धरै घटना छन जसले क्रिकेट प्रेमिलाई सुन्न र पढ्न लालायित बनाउछ ।

यस्तै रोचक तथ्य भएका क्रिकेट खेलाडी हुन इमरान ताहिर । उनको प्रेम जीवनका बारेमा सायदै कमैलाई थाहा होला, प्रेमका लागि ताहिरले आफ्नो देशको नागरिकता नै छोडेका थिए ।

हालका दक्षिण अफ्रिकाका स्टार लेग स्पिनर इमरान ताहिर। जसले भारतीय मूलकी केटीसँग विवाह गर्न आफ्नो देशको नागरिकता नै त्यागेका थिए ।

सन् १९९८ मा पाकिस्तानको जुनियर टिममा समावेश भएका ताहिर पाकिस्तानको ‘ए’ टिमबाट दक्षिण अफ्रिकाको भ्रमणमा जाँदा उनको भेट भारतीय मूलकी मोडल सुमैया दिल्दारसँग भएको थियो।

डर्बनमा उनीहरूको पहिलो भेट भएको थियो। भ्रमणपछि इमरान पाकिस्तान फर्किए तर उनले सुमैयालाई भुल्न सकेनन ।

केही महिनासम्म उनिहरु टेलिफोन र फेसबुकमा कुरा गर्दै गए र आफ्नो लभ लाइफलाई अगाडी बढाए । तर केहि समयपछि उनी सुमैयालाई पुनः भेट्न दक्षिण अफ्रिका फर्किए। करीव ३ बर्षको लामो लभ यात्रा पछि सुमैया पनि ताहिरसँग विहे गर्न राजी भइन्।

तर, उनको सर्त थियो- विहेपछि दुबै जना दक्षिण अफ्रिकामै बस्नु पर्ने। सुरुवातमा ताहिरले यो कुरालाई स्विकार्न निकै कठिन भए तर भनिन्छ नि माया अन्धो हुन्छ भनेर अन्त्यमा ताहिरले २००६ पाकिस्तान छोडेर दक्षिण अफ्रिकामा बस्ने निर्णय गरे ।

पाकिस्तानमा हुदा पनि राम्रो सम्भावना भएका खेलाडीका रुपमा रहेका ताहिर अचानक देश छोडेर हिडेपछि सबै अचम्ममा परे ।

दक्षिण अफ्रिका पुगेपछि ताहिरले सुमैयासँग विहे गरे । विहेपछि सुमैयाले पनि मोडलिङबाट सन्यास लिइन्। ताहिरले दक्षिण अफ्रिकाको केहि महिना पछि पुन क्रिकेटलाई निरन्तरता दिए।

 

 

त्यसको केही समयपछि नै उनले दिक्षण अफ्रिकी टिममा स्थान बनाए । सन् २०११ मा उनलाई अफ्रिकी टोलीले टिममा स्थान दियो। यसपछि ताहिरले पछाडी फर्किएर हेर्नु परेको छैन्।

विश्व क्रिकेटमा ताहिर यस्तो खेलाडी बने जसले दुई देशबाट क्रिकेट खेलका छ । यो सुचिमा चर्चित खेलाडी केभिन पिटर्सन पनि पर्छन । उनले सुरुमा दक्षिण अफ्रिकाबाट क्रिकेट खेलेका थिए । तर पछि इङल्याण्डबाट खेले ।

ताहिरको चर्चा इन्डियन प्रिमियर लिग आइपिएल झन बढी भयो । सो प्रतियोगिताबाट ध्यान खिच्न सफल इमरान २०१७ को फेब्रुअरीमा एकदिवसीय र टि–२० को नम्बर–१ बलर घोषित भएका थिए।

ताहिरले २० टेस्टको ३७ इनिङमा ५७ शिकार गरेका छन्। ८१ एकदिवसीयमा भने उनले १ सय ३८ विकेट लिइसकेका छन्। उनको उत्कृष्ट प्रदर्शन ४५ रन खर्चेर ७ विकेट लिनु हो। टि–२० को ३६ खेलमा उनले ५७ विकेट लिएका छन्।

 

Post Add 1025X115
Loading...