राखेप च्याम्पियनसिप गल्फको स्वर्ण मध्यमाञ्चललाई

0

पुस २९, काठमाडौं । राखेप च्याम्पियनसिप अन्तर्गत एनएसी ओपन गल्फ च्याम्पियनसिपको टिम इभेन्ट्समा मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । टंक बहादुर कार्की, सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउदै स्वर्ण पदक जितेको हो ।

रोयल नेपाल गल्फ क्लबमा मध्यमाञ्चलले १० ओभर २८२ अंक जोड्दै स्वर्ण जितेको हो । २९४ अंक सहित युवराज भुजेल, शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत पदक प्राप्त गर्यो । बिनोद तामाङ, भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबको टिमले ३०४ अंक सहित कास्य पदक हात पार्यो ।

एकल तर्फ टंकबहादुर कार्की दोस्रो दिन २ अन्डर ६६ स्कोरका साथ सुबाष घिसिङलाई ८ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका छन । ३६ होलको समाप्तीमा समग्रमा टंकले १ ओभर १३७ स्कोर जोडी ८ स्ट्रोकको फराकिलो अग्रता बनाएका हुन ।

समग्रमा ९ ओभर १४५ अंकका साथ सुबाष घिसिङ र पहिलो दिनका संयुक्त लिडर शुक्रबाहादुर राई संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन । १४९ अंकका साथ सुन्दर राई चौथो,१५० अंक जोडी बिपिन तमाङ पाँचौ स्थानमा छन् ।

Post Add 1025X115
Loading...