सुर्य नेपाल मन्थ्ली मेडल प्रदिप श्रेष्ठलाई

0

पुस ३०, काठमाडौं । सुर्य नेपाल मन्थ्ली मेडलको उपाधि प्रदिप कुमार श्रेष्ठले जितेका छन् । प्रतियोगिताको ११ औं संस्करणमा चार अण्डर ६८ को स्कोर कार्ड बनाउँदै प्रदिपले लिडरबोर्डमा बर्चश्व जमाएका हुन् ।

तीन ओभर ७५ स्कोर बनाएका मायांक दाहाल दोस्रो भए । समान अंक बनाएका विदेशी खेलाडी साम डब्लार्ड काउन्ट ब्याकमा पछि परेपछि मायाङ दोस्रो भए ।

गोकर्ण फरेस्ट गल्फ क्लबमा भएको खेलमा बाबु शेर्पाले बेस्ट ग्रसको उपाधि जिते । उनले पाँच ओभर ७७ को स्कोर कार्ड बनाएका थिए ।

Post Add 1025X115
Loading...