क्यान कपमा तीन खेल

0

माघ १४, काठमाडाैं । सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपालको आयोजनामा ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता– क्यान कपमा तीन खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

क्यान कपमा टेबलटेनिस, ब्याडमिन्ट र फुटसलमा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए ।

प्रतियोगिताअन्तर्गत तीनदिने टेबलटेनिस सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । पुरुष सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान पुरुष डबल्स र महिला डबल्समा प्रतिस्पर्धा हुनेछ ।

माघ १७ गतेदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने ब्याडमिन्टनमा पनि टेबलटेनिस मै समावेश स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै २३ पुरुष टिम सहभागी हुने फुटसल माघ १७ र १८ गते बानेश्वर फुटसल रिक्रिएसन सेन्टरमा हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विभिन्न २३ संस्थाबाट २६५ प्रतिस्पर्धी सहभागी हुनेछन् । आयोजकले जनाए अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख २२ हजार रुपैयाँ खर्च हुनेछ ।

Post Add 1025X115
Loading...