विन्टर अोलम्पिकमा रसियाले १६९ खेलाडी पठाउने

0

दक्षिण कोरीयामा अर्को महिना आयोजना हुने विन्टर ओलम्पिकमा रसियाले १६९ खेलाडी पठाउने भएको छ । तर सो प्रतियोगिताका लागि रसियाले उत्कृष्ट खेलाडी भने पठाउने नपाउने भएको छ ।

पछिल्लो पटक डोपिङका कारण प्रतिबन्धमा परेका कारण रसियाले विन्टर ओलम्पिकमा सख्यामा धरै खेलाडी पठाएपनि राम्रा खेलाडी भने पठाउन नपाउने भएको छ । २०१४ को सोची गेम्सपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटीले रसियन खेलाडी माथि कडा रुपमा डोपिङ परिक्षण गरेको थियो जसमा उसका धरै खेलाडी असफल भएका थिए ।

पेङयोङ विन्टर ओलम्पिकमा पनि रसियन खेलाडीले सहभागिता गर्न पाउने की नपाउने भनेर आइओसीले केहि साता अगाडीमात्र निर्णय गरेको थियो । जसमा आइओसीले डोपिङमा नपरेका केहि खेलाडीले मात्र सहभागिता गर्न पाउने निर्णय गरेको थियो । तर उनीहरुले ओलम्पिक एथ्लिट्स फ्रम रसिया भनेर प्रतियोगितामा सहभागिता गर्न पाउनेछन । दक्षिण कोरीयामा हुने विन्टर ओलम्पिकका लागि विभिन्न देशले खेलाडी पठाउने प्रक्रिया सुरु गरिसकेको छ ।

Post Add 1025X115
Loading...