सुुर्य नेपाल एनपीजीले म्याच प्लेको उपाधि शिवराम श्रेष्ठलाई

0

माघ ११, काठमाडौं । सुुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि नेपाल नम्बर एक शिवराम श्रेष्ठले जितेका छन् ।

सुुर्य नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गत रोयल नेपाल गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा तेस्रो वरियताका भुवन नगरकोटीलाई २–१ ले हराउँदै शिवराम च्याम्पियन बनेका हुन् ।

शिवरामको यो सिजनको चौथो तथा करियरको ४० औं उपाधि हो । उपाधिसँगै शिवरामले ७० हजार जितेका छन् भने दोस्रो भएका भुवनले ४० हजारमा चित्त बुुझाए ।

पाचौं वरियताका सुुर्यप्रसाद शर्मा तेस्रो भए भने सातौं वरियताका रामे मगर चौथो भए ।

Post Add 1025X115
Loading...