इन्डियन ओपन बक्सिङमा नेपालका १२ खेलाडी

0

भारतको नयाँ दिल्लीमा हुने इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालबाट १२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन ।

नयाँ दिल्लीमा माघ १३ देखि १९ सम्म संचालन हुने इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागि हुन जाने खेलाडीमा महिलतर्फ ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई,५४ केजीमा विमला श्रेष्ठ,६० केजीमा संगिता सुनार,६४केजीमा पुनम रावल र ७५ केजीमा सरस्वती राना रहेकी छन् ।

पुरुषतर्फ ४९ केजीमा तेजवहादुर देउवा,५२ केजीमा प्रेम चौधरी,६४ केजीमा भुपेन्द्र थापा,६९ केजीमा बिष्णु प्रसाद घले,८१ केजीमा मनोहर बस्नेत र ९१ केजीमाथिको तौलमा आषिस दवाडी रहेका छन् । त्यसै गरी प्रतियोगिताका टिम प्रशिक्षकमा प्रमुख प्रशिक्षक प्रकाश थापामगर, प्रशिक्षक डम्बर दत्त भट्ट, सहायक प्रशिक्षक दिपक महर्जन, टिम व्यवस्थापकमा राम बहादुर गिरी टिम सह–व्यवस्थापकमा दिलिपा श्री अधिकारी र पत्रकार निशान राईले सहभागिता जनाउने छन् ।

Post Add 1025X115
Loading...