हेम्स र अनमोल ज्योति क्वाटरफाइनलमा

0
काठमाडौं, माघ ११ गते । हेम्स र अनमोल ज्योति १० औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘सी’ को लिग खेलमा हेम्सले अनमोल ज्योतिलाई ७–५ ले पराजित गर्दै समूह विजेता बन्यो । सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनल पुगेको अनमोल ज्योतिले निब्सलाई १४–१२ ले हरायो । गल्र्समा थ्री बाइ थ्री फर्मेटमा प्रतिस्पर्धा भइरहेको छ ।
जुनियर ब्वाइजमा डिफेन्डिङ च्याम्पियन गोल्डेनपिक क्वाटरफाइनलमा पुग्यो । गोल्डेनपिकले निब्सलाई २०–१६ ले पन्छायो । विजेताका पेम्बा शेर्पा र अनिल राईले समान ७–७ अंक जोडे । जुनियर ब्वाइजकै अन्य खेलमा सेबले कान्तिपुर इङलिस एकेडेमीलाई १६–१०, लक्ष्मीपुरले पञ्चायणलाई ९–४, एचएचसीएले स्किब्सलाई १४–८, बीएनएले ग्रिनल्यान्डलाई २७–२० तथा एन्जल्स हार्टले दीपिका एकेडेमीलाई १७–१० ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
Post Add 1025X115
Loading...